
धरान / करोडौ रुपैया अपचलन गरी फररा र्हेका सहकारीका एक सहकारीका अध्यक्षलाई धरान प्रहरीले प्रक्राउ गरी सार्वजनिक गरेको छ । सहकारी र सुनचादी पसल सञ्चालन गर्दै आएका कृष्ण विश्वकर्मालाई प्रहरीले प्रक्राउ गरी सार्वजनिक गरेको हो ।
बचतकर्ताहरुको करोडौं रुपैया हिनामिना गरी असार २३ गते फरार भएका सल्लेरी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विश्वकर्मालाई बुटवल प्रहरीले प्रक्राउ गरी धरान ल्याएको हो । उनलाई धरान प्रहरीले पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको हो ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौनेका अनुसार फरार भएपनि विश्वकर्मा बुटवलमा लुकिछिपी बस्दै आएका थिए । फरार रहेका उनको खोजीलाई प्रहरीले तिब्र बनाएको थियो । बुटवलमा डेरी गरी बसेका उनलाई अन्ततः प्रहरीले समातरै छाडेको डिएसपी तिम्सिनाले बताए ।
प्रहरीका अनुसार बुटवलस्थित विश्वकर्माको डेराबाट सुनजस्तो देखिने धातुको गरगहनाहरु १६३.२९६ ग्राम (अन्दाजी १४ तोला) र चाँदी जस्तो देखिने धातु २७९.९३६ ग्राम (अन्दाजी २४ तोला) समेत बराबद गरेको छ ।
प्रहरीले गरेको अनुसन्धानबाट शिखर सगरमाथा सहकारी संस्थामा सर्वसाधारणले बचत गरको रकम विकले सञ्चालन गरको शिखर समरमाथा ज्वेलरी प्रा.लि. लगानी गर्ने गरेको पाइएको डिएसी तिम्सिनाले बताउनुभयो ।
विकलाई सघाएको आरोपमा यस अघि उनका छोरा सहकारीका प्रबन्धत्र निर्देशक मोहन विक र लेखा कमचाृरी कमलादेवी विश्वकर्मााई प्रक्राउ गरिसकेको थियो ।
विक फरार भएपछि बचतकर्ताहरुले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका थिए ८५ जना बचतकर्ताहरुले ६ करोड ३ लाख २० हजार ६ सय ६५ रुपैया मागदाबी सहित विकलाई कारबाहीको मागसहित उजुरी दिएपछि प्रहरीले अनुसन्धानसहित विकको खोजी कार्यलाई तिब्रता दिएको डिएसपी तिम्सिनाले जानकारी दिए । विकका विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस