काठमाडौं । कुमारी बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट अनुमति पाएको छ । कम्पनीले रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न भदौ १ गते सेबोनबाट अनुमति पाएको हो ।
कुल ३० लाख कित्ता ऋणपत्र मध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको १८ लाख कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट विक्री गर्नेछ । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले आगामी १० वर्ष सम्मका लागि वार्षिक ११ प्रतिशत ब्याजदरमा केबिएल डिबेञ्चर २०८९ नामक ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो ।
प्रतिक्रिया दिनुहोस