aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

सांग्रिला डेभलपमेन्ट बैंकको सिईओमा श्रेष्ठ पुनः नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ भदौ २०७९
सांग्रिला डेभलपमेन्ट बैंकको सिईओमा श्रेष्ठ पुनः नियुक्त

काठमाडौं । आइतबार बसेको संचालक समितिको २९८ औं वैठकले सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडमा कार्यरत प्रमुख कार्यकारी अधिकृत  सुयोग श्रेष्ठको कार्यकाल थप गरेको छ । श्रेष्ठलाई भदौ १९ देखि लागु हुने गरी ४ वर्षका लागि पुनः नियुक्ती गरिएको बैंकले जनाएको छ । 

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३१ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस