
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार (आज) १२ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिन अवधिको २ अर्ब रुपैयाँ, ९१ दिन अवधिको ५ अर्ब २३ करोड ३२ लाख रुपैयाँ १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको २ अर्ब गरी कूल १२ अर्ब २३ करोड ३२ रुपैयाँको ट्रेजरी बिल आज बोलकबोल गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी आगामी असोज ४ गते, ९१ दिने ट्रेजरी आगामी मंसिर ६ गते, परिपक्व हुनेछ भने १८२ दिने ट्रेजरी फागुन ९ गते र ३६४ दिन अवधिको ट्रेजरी विंस २०८० भदौ ५ गते परिपक्व हुनेछ । यसअघि राष्ट्र बैंकले २८ दिन अवधिको ५ अर्ब रुपैयाँ ९१ दिन अवधिको २ अर्ब रुपैयाँ र १८२ लिदन अवधिको ६ अर्ब रुपैयाँ गरी कूल १३ अर्ब रुपैयाँको ट्रेजरी बिलबिक्री गरेको थियो ।
ऋणपत्रको बोलकबोल अनलाइनमार्फत सोमबार (आज) दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ । राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत प्रत्येक हप्ता यस्ता ऋणपत्र बिक्री गर्दछ ।
प्रतिक्रिया दिनुहोस