aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

साढे १० प्रतिशत ब्याजदरको ऋणपत्र भदौ १५ गतेदेखि विक्री गर्दै हिमालयन बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ भदौ २०७९
साढे १० प्रतिशत ब्याजदरको ऋणपत्र भदौ १५ गतेदेखि विक्री गर्दै हिमालयन बैंक

काठमाडौं । हिमालयन बैंक लिमिटेडले वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदरको ऋणपत्र भदौ १५ गतेदेखि विक्री गर्ने भएको छ । बैंकले ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ नामको सात वर्षे अवधिको ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले प्रतिकित्ता रू. १ हजार अंकित मूल्यका रू. २ अर्ब ५० करोड बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।

कुल कित्ता ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात रू. १ अर्ब बराबरको १० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात रू. १ अर्ब ५० करोड बराबरको १५ लाख हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

यो ऋणपत्र छिटोमा भदौ १९ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने भदौ २९ गतेसम्म विक्री अवधि लम्बिनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था छ । 

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयहरुबाट ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई मध्यम कर्जा जोखिमको संकेत गर्ने ‘केयरएनपी सिङ्गल ए माइनस इस्यूअर’ रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङ्गले वित्तीय दायित्व समयमानै पूरा गर्न सक्ने तथा कर्जा जोखिम न्यून भएको कम्पनीको संकेत समेत गर्दछ ।

प्रतिक्रिया दिनुहोस