aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क मुद्धती खाता’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ भदौ २०७९
नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क मुद्धती खाता’

काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकवर्गको आवश्यकतालाई ध्यानमा राखी आर्कषक ब्याजदर सहित ‘नबिल ढुक्क मुद्धती खाता’ बजारमा ल्याएको छ । ‘नबिल ढुक्क मुद्धती खाता’ अन्तर्गत ग्राहक वर्गले मुद्धतीमा जम्मा गरेको रकम तोकिएको समय पश्चात् दोब्बर देखि दश गुणा सम्म रकम प्राप्त गर्न सक्नेछन् ।  

यो मुद्धती योजना नेपालमा आर्जित तथा विप्रेषण मार्फत् नेपाल प्राप्त रकममा खोल्न सकिनेछ । नेपालमा आर्जित रकममा खोलिने ढुक्क मुद्धती खातामा ६ वर्ष ३ महिना २३ दिनमा २ गुणा, १४ वर्ष ७ महिना २८ दिनमा ५ गुणा तथा २० वर्ष ११ महिना २० दिनमा १० गुणा रकम प्राप्त गर्न सकिनेछ । 

विप्रेषण अन्र्तगत खोलिने ढुक्क मुद्धती खातामा ५ वर्ष ९ महिना १५ दिनमा २ गुणा, १३ वर्ष ५ महिना ११ दिनमा ५ गुणा तथा १९ वर्ष २ महिना २५ दिनमा १० गुणा रकम प्राप्त गर्न सकिनेछ । यस खाता अन्तर्गत ग्राहकले तीन लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुबिधा पनि पाउन सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस