aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

तीजलाई लक्षित गर्दै सिटिजन्स बैंकले लकर सेवा शूल्कमा विशेष छुट दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ भदौ २०७९
तीजलाई लक्षित गर्दै सिटिजन्स बैंकले लकर सेवा शूल्कमा विशेष छुट दिने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महिलाहरुलाई लक्षित गर्दै छुटको योजना ल्याएको छ । बैंकले हरितालिका तीज र भाद्र महिनामा पर्ने विभिन्न पर्वहरुको अवसरमा लकर सेवा शूल्कमा आकर्षक छुटहरुको योजना सार्वजनिक गरेको हो ।  

यस योजना अन्र्तगत बैंकले भाद्र महिना भरि लकर शूल्कमा ७० प्रतिशत र लकर कि डिपोजिट मा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । यस्ता छुटहरुको सुविधा आदरणीय ग्राहकहरुले सिटिजन्स बैंकको लकर सेवा उपलब्ध हुने जुन कुनै शाखाहरुबाट पनि प्राप्त गर्न सक्नेछन् ।     

यस सुविधा बापत आदरणीय ग्राहकहरुले आफ्ना अमूल्य गर गहना, रत्न, वित्तीय वा कानुनी कागजात, महत्वपूर्ण प्रमाण पत्रहरु राहदानी, र अन्य मूल्यवान वस्तुहरू सहज र सुपत शूल्कमा सुरक्षित तवरले बैंकको लकरमा राख्न सक्नेछन् । यसका साथै ग्राहकहरुको सहजताका लागी बैंकले निस्शुल्क डेबिट कार्ड, मोबाईल बैंकिङ्ग र ईन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरु प्रदान गर्दै आईरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस