aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

बैंक तथा वित्तीय संस्थाहरुलाई चालु पुँजीमा थप कठिनाइ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ भदौ २०७९
बैंक तथा वित्तीय संस्थाहरुलाई चालु पुँजीमा थप कठिनाइ

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुलाई चालु पुँजीमा थप कठिनाइ हुने भएको छ । मंगलबार नेपाल राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै चालु पुँजी कर्जामा कडाइ गरेको हो । राष्ट्र बैंकले २ करोडसम्मको चालु पुँजी कर्जामा सीमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबारका अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालु पुँजीकर्जा सीमा कायम गर्नुपर्ने व्यवस्था गरेको छ । अनुमानित वार्षिक कारोबार÷बिक्रीको अधिकतम ४० प्रतिशतले हुन आउने रकमसम्म कुल चालु पुँजी कर्जा सीमा कायम गर्न सक्ने उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाले चालु पुँजी कर्जाको सीमा स्वीकृत गर्नु चालु सम्पत्तिको परीक्षण तथा मुल्यांकन गरी कर्जा सीमा र ड्रअइङि पावरको यथार्थ परक विश्लेषण गर्नुपर्ने हुन्छ । चालु पुँजी कर्जाको सीमा निर्धारण गर्दा एक वा एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट दिइने कुल २ करोडभन्दा बढी रकमको चालु पुँजी कर्जाको सीमा निर्धारण गर्दा चालु पुँजीको विश्लेषण गरि वर्किङ क्यापिटल आवश्यक्ताकको बारेमा पहिचान गगर्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस