aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई किम्ची फास्टफुडमा ८ प्रतिशत छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ भदौ २०७९
बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई किम्ची फास्टफुडमा ८ प्रतिशत छुट

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्टबिच सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहकहरुलाई ८ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो । 

यस सम्झौता पश्चात् ग्राहकहरुले किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्ट, अनामनगर, काठमाण्डौंमा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ ८ प्रतिशत छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।  

प्रतिक्रिया दिनुहोस