aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

पाँच दिनमा सात अर्बले घट्यो वाणिज्य बैंकहरुको निक्षेप, कर्जा प्रवाह भने बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ भदौ २०७९
पाँच दिनमा सात अर्बले घट्यो वाणिज्य बैंकहरुको निक्षेप, कर्जा प्रवाह भने बढ्यो

काठमाडौं । भदौ महिनाको सुरुवाती पाँच दिनमा वाणिज्य बैंकहरुको निक्षेप सात अर्ब रुपैयाँले घटेको छ । गत साउन ३१ गतेदेखि भदौ ५ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुमा सात अर्ब रुपैयाँले निक्षेप घटेको हो ।    

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार गत साउन ३१ गतेसम्म वाणिज्य बैंकहरुमा ४४ खर्ब ३३ अर्ब रुपैयाँ रहेकोमा उक्त निक्षेप घटेर भदौ ५ गतेसम्म आइपुग्दा ४४ खर्ब २६ अर्ब रुपैयाँमा सिमित बनेको हो ।  

त्यस्तै, यस अवधिमा बैंकहरुको कर्जा प्रवाह भने बढेको छ । साउन ३१ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह एक अर्ब रुपैयाँले बढेर भदौ ५ गतेसम्म आइपुग्दा ४१ खर्ब ७८ अर्ब रुपैयाँमा सिमित बनेको संघको तथ्यांकमा उल्लेख छ ।    
 

प्रतिक्रिया दिनुहोस