aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

पहिलो दिनमै खप्तड लघुवित्तको आईपीओ खरीदका लागि मागभन्दा ३५ गुणा बढी आवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ भदौ २०७९
पहिलो दिनमै खप्तड लघुवित्तको आईपीओ खरीदका लागि मागभन्दा ३५ गुणा बढी आवेदन

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ खरीदका लागि पहिलो दिनमै मागभन्दा ३५ गुणा बढी आवेदन परेको छ । कम्पनीले बुधवारदेखि सर्वसाधारणमा १ लाख २३ हजार ४०० कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो । यो आईपीओ खरीदका लागि बुधवार साझ ५ बजेसम्म ३ लाख ८१ हजार ७८२ जना आवेदकहरूबाट ४३ लाख ३८ हजार ९४० कित्ता शेयर खरीद माग भएको हो । 

कम्पनीले सार्वजनिक निष्कासनमा ल्याएको समेत कुल १ लाख ३२ हजार कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो । सर्वसाधारणमा वितरण हुने कुल कित्ता आईपीओमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिएको छ । 

पहिलो दिनमै मागभन्दा बढी आवेदन परिसकेकाले यो आइपीओ छिटो विक्री अवधि भदौ १२ गतेसम्म मात्र विक्रीमा रहनेछ । यो आईपीओ खरीदका लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था छ । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आवेदकले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण शाखा कार्यालयहरूसँगै मेरोशेयर वेबसाइट तथा एप मार्फत पनि आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले कम्पनीलाई समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. २ करोड ६८ लाख रहेको छ । आईपीओ बाँडफाँटपश्चात कम्पनीको चुक्तापूँजी रू. ४ करोड कायम हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस