
काठमाडौं । सनराइज बैंकले २० ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ । बैंकले प्रतिकित्ता रू. १ हजार अंकित दरको रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न भदौ २ गते सेबोनमा निवेदन दिएको हो । कम्पनीको ऋणपत्र निष्कासन गर्न विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
कुल कित्ता ऋणपत्रमध्ये बैंकले ८ लाख कित्ता सर्वसाधारणका लागि विक्री गर्नेछ भने र १२ लाख कित्ता व्यक्तिगत तबरबाट अन्य व्यक्ति तथा संघसंस्थामा विक्री विक्री गर्नेछ । कम्पनीले आगामी १० वर्षसम्मका लागि वार्षिक १० दशमलव ५ प्रतिशत ब्याजदरमा उक्त ऋणपत्र निष्कासन गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस