
काठमाडौं । देवः विकास बैंकले गत आर्थिक वर्ष २०७५/७६ मा ३८ करोड ९१ लाख ८६ हजार रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७४÷७५ मा कम्पनीको नाफा ३७ करोड ८८ लाख ९२ हजार रुपैयाँ रहेको थियो । कम्पनीको चुक्तापूँजी ३ अर्ब १७ करोड ७१ लाख रुपैयाँ रहेको छ । भने जगेडा कोषमा ४८ करोड ५९ लाख ९४ हजार रुपैयाँ छ ।
कम्पनीले गत वर्ष २१ अर्ब ७८ करोड १९ लाख ८३ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने २० अर्ब ७ करोड ७४ लाख ८५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १२ दशमलव २५ प्रतिशत छ ।
प्रतिक्रिया दिनुहोस