
काठमाडौं । लामोसमयदेखि तरलताको अभाव झेलिरहेका बैैक तथा वित्तीय संस्थाहरु लगानी गर्न सकिरहेका छैनन् । यसमध्ये पनि हाल सञ्चालित २६ वटा वाणिज्य बैंकहरुमध्ये प्रभु बैंकसँग लगानीयोग्य पुँजी धेरै रहेको देखिएको छ ।
नेपाल बैकर्स संघको तथ्याङकमा चालु आर्थिक वर्षको साउन महिनामा सबैभन्दा बढी लगानीयोग्य पुँजी प्रभु बैैकको रहेको छ भने सेन्चुरी कमर्सियल बैंकको लगानी योग्य पुँजी सबैभन्दा कम रहेको छ । यस अवधिमा प्रभु बैंकको सिडि रेसियो ८२.८८ प्रतिशत रहेको छ भने सेन्चुरी कमर्सियल बैंकको सिडि रेसियो ९१.६३ प्रतिशत रहेको छ ।
त्यस्तै लगानीयोग्य पुँजीकम रहेका दुईवटा बैंकहरु रहेका छन् । यी बैैकहरुको सिडि रेसियो ९० प्रतिशत भन्दा बढी रहेको देखिन्छ । जसमा नेपाल बैंकको सिडि रेसियो ९०.७२ प्रतिशत र नबिल बैंकको सिडि रेसियो ९०.९२ प्रतिशत रहेको बैंकर्स संघको तथ्याङकमा उल्लेख छ ।
त्यस्तै ९० प्रतिशत भन्दा कम सिडि रेसियो भएका वाणिज्य बैकहरु २३ वटा रहेका छन् । जसमा प्रभुको सिडि रेसियो ८२.८८ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ८९.९३ प्रतिशत, एनआइसी एसिया बैंकको ८६.३७ प्रतिशत, सानिमाको ८४.८० प्रतिशत, स्टाण्डर्ड चार्टर्डको ८८.८५ प्रतिशत, माछापुच्छ्रेको ८६.६० प्रतिशत, सिद्धार्थको ८८.०९ प्रतिशत, लक्ष्मीको ८६.९९ प्रतिशत रहेको तथ्याङकमा देखिन्छ ।
त्यसैगरी, एनएमबी बैंकको सिडि रेसियो ८७.४१ प्रतिशत, सिभिलको ८७.८० प्रतिशत, सेन्चुरी कर्मशीयल बैंकको ९१.६३ प्रतिशत, नबिलको ९०.९२ प्रतिशत, नेपाल बैंकको ९०.७२ प्रतिशत, सिटिजन्स इन्टरनेशनलको ८७.८० प्रतिशत र एभरेष्ट बैैकको सिडि रेसियो ८६.७९ रहेको छ ।
त्यस्तै, ग्लोबल आइएमइको ८९.९५ प्रतिशत, बैंक अफ काठमाण्डूको ८९.६६ प्रतिशत, मेगाको ८८.६८ प्रतिशत, प्राइमको ८९.१७ प्रतिशत, नेपाल एसबिआईको ८४.६४ प्रतिशत, कृषि विकासको ८९.३२ प्रतिशत, कुमारीको ८९.३१ प्रतिशत र नेपाल इन्भेष्मेन्ट बैंकको ८६.७६ प्रतिशत, नेपाल क्रेडिट एण्ड कमर्स बैंकको ८९.८१ प्रतिशत र हिमालयन बैंकको ८९.४७ प्रतिशत सिडि रेसियो रहेको बैंकर्स संघको तथ्याङकमा उल्लेख छ ।
यस्तो छ वाणिज्य बैंकको निक्षेपको अवस्था
बैकर्स संघको तथ्याङक अनुसार चालु आर्थिक वर्षको साउनसम्म वाण्ज्यि बैंकहरुमा ४४ खर्ब ३३ अर्ब ३७ करोड रुपैयाँ निक्षेप रहेको छ । यस अवधिमा सबैभन्दा बढी निक्षेप नबलि बैंकको रहेको छ भने सबैभन्दा कम निक्षेप सिभिल बैंकको रहेको छ ।
संघको तथ्याङक अनुसार यस अवधिमा नबिल बैंकको निक्षेप ३ खर्ब २६ अर्ब १७ करोड रुपैयाँ, एनआइसी एशिया बैंकको ३ खर्ब ५ अर्ब १३ करोड रुपैयाँ, ग्लोबल आइएमइको २ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको २ खर्ब ४१ अर्ब ३२ करोड रुपैयाँ, सिद्धार्र्थको १ खर्ब ९५ अर्ब ६५ करोड रुपैयाँ, नेपाल बैकको १ खर्ब ८६ अर्ब २० करोड रुपैयाँ, नेपाल इन्भेष्मेन्ट बैंकको १ खर्ब ८६ अर्ब २० करोड रुपैयाँ र कुमारीको १ खर्ब ७३ अर्ब ६० करोड रुपैयाँ रहेको तथ्याङकमा उल्लेख छ ।
त्यस्तै, हिमालयन बैंकको १ खर्ब ७० अर्ब ११ करोड रुपैयाँ, प्रभु बैंकको १ खर्ब ६९ अर्ब ८५ करोड रुपैयाँ, एभरेष्ट बैैकको १ खर्ब ६८ अर्ब ८६ करोड रुपैयाँ, प्राइमको १ खर्ब ६० अर्ब ८७ करोड रुपैयाँ, कृषि विकास बैंकको १ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ, सानिमाको १ खर्ब ५४ अर्ब ८१ करोड ४३ लाख रुपैयाँ निक्षेप रहेको छ ।
बैंकर्स संघको तथ्याङक अनुसार यस अवधिमा मेगाको निक्षेप १ खर्ब ५४ अर्ब ५३ करोड रुपैयाँ, सिटिजन्स इन्टरनेशनलको १ खर्ब ५० अर्ब ९५ करोड रुपैयाँ, माछापुच्छ«ेको १ खर्ब ४३ अर्ब ८९ करोड रुपैयाँ, लक्ष्मीको १ खर्ब ३९ अर्ब १९करोड ४६ लाख रुपैयाँ र सनराइज बैैकको १ खर्ब ३० अर्ब ८१ करोड रुपैयाँ निक्षेप रहेको तथ्याङकमा उल्लेख छ ।
त्यसैगरी संघको तथ्याङक अनुसार नेपाल क्रेडिट एण्ड कमर्स बैंकको निक्षेप १ खर्ब ३० अर्ब ५० करोड रुपैयाँ, नेपाल एसबिआईको १ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ, बैंक अफ काठमाण्डूको १ खर्ब ८ अर्ब ६ करोड रुपैयाँ, स्टाण्डर्ड चार्टर्डको १ खर्ब३ अर्ब ६३ करोड रुपैयासेन्चुरी कमर्शियलको ९६ अर्ब ७६ करोड रुपैयाँ, सिभिलको ९३ अर्ब २५ करोड रुपैयाँँ निक्षेप रहेको छ ।
प्रतिक्रिया दिनुहोस