
काठमाडौं । सहकारी विभागल साधारणसभा सञ्चालनका लागि सहकारीहरुलाई नयाँ मार्गदर्शन दिएको छ । विभागले बिहिबार एक सूचना जारी गर्दै उक्त नयाँ मार्गदर्शन दिएको हो ।
उक्त सचना अनुसार सहकारी सबै संघ संस्थाहरुले २०७९ पौष मसान्तभित्र अनिपार्य रुपमा साधारणसभा सम्पन्न गरिसक्नुपर्ने छ । यसका साथै साधारणसभा सम्पन्न भएको १५ दिनभित्र साधारणसभा सम्बन्धी विवरण कोपोमिसमा अद्यावधिक गराउन समेत विभागले निर्देशन दिएको छ ।
साथै साधारणसभा गर्दा फराकिलो कार्यक्षेत्र र दुई हजारभन्दा बढि सदस्य भएका सहकारी संघसंस्थाहरुले भौगोलिक अवस्थितिका कारण एकै ठाउँमा भेला हुन नसक्ने अवस्थामा सदस्यहरुलाई पायक पर्ने स्थानमा भन्दा बढि सदस्यको सहभागिता हुने गरी बढिमा सातवटा सम्म इकाइ गठन गरी साधारण सभा गर्न समेत मार्गनिर्देशनमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस