aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

२८ बैंकको नाफ ६५ अर्ब ३९ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३२ साउन २०७६
२८ बैंकको नाफ ६५ अर्ब ३९ करोड

काठमाडौं । २८ वाणिज्य बैंकले आर्थिक वर्ष २०७५/७६ मा ६५ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । २०७४/७५ को तुलनामा बैंकहरुको खुद नाफा २४.५८ प्रतिशतले बढेको हो ।
२०७४/७५ मा बैंकहरुले साढे ५२ अर्ब रुपैयाँ नाफा कमाएका थिए । २०७४/७५ को तुलनामा तीन बैंकको नाफा घटेको छ भने बाँकी २५ बैंकले नाफा बढाएका छन् ।
कर्जा लगानी गर्न रकम अभाव हुँदाहुँदै पनि नाफामा उल्लेख्य बृद्घि भएको छ । आव २०७५/७६ मा वाणिज्य बैंकको औसत निक्षेप दर ६.५८ प्रतिशत र कर्जामा ब्याजदर १२.३१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस