aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

बुवाको मुख हेर्ने दिनमा सानिमा बैंकका ग्राहकलाई विशेष छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ भदौ २०७९
बुवाको मुख हेर्ने दिनमा सानिमा बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौं । सानिमा बैंकले बुवाको मुख हेर्ने दिनको अवसरमा ग्राहकहरुलाई विशेष छुट दिने व्यवस्था गरेको छ । उक्त छुट ग्राहकहरुले रेडिसन होटल (द पेस्ट्री शप), अकामा होटल, गिफ्टमाण्डू, केक मार्ट प्रा.लि., बाजेको केक, ओनेक्स ट्रेडिङ प्रालि (द बाइकफार्म नेपाल) र सोवा हेल्थकेयर सेन्टरमा प्राप्त गर्न सक्नेछन् । 

सानिमा बैंकको डेविट÷क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्गबाट साझेदारी मर्चेन्टहरुमा भुक्तानी गर्दा २० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यसैगरी कुनै पनि मर्चेन्टमा ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ्गबाट क्युआर कोर्डबाट भुक्तानी गर्दा १० प्रतिशत अधिकतम १०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो योजना भाद्र ११ गते मात्र लागू हुने बैंकले जनाएको छ  ।
 

प्रतिक्रिया दिनुहोस