aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

सोमबार तीन अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ भदौ २०७९
सोमबार तीन अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार ३ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको ३ अर्ब १३ करोड रुपैयाँ ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो । 

राष्ट्र बैंकका अनुसार ९१ दिने ट्रेजरी आगामी मंसिर १३ गते परिपक्व हुनेछ । यसअघि राष्ट्र बैंकले २८ दिन अवधिको २ अर्ब रुपैयाँ, ९१ दिन अवधिको ५ अर्ब २३ करोड ३२ लाख रुपैयाँ १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको २ अर्ब गरी कूल १२ अर्ब २३ करोड ३२ रुपैयाँको ट्रेजरी बिलबिक्री गरेको थियो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत सोमबार दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ । राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत प्रत्येक हप्ता यस्ता ऋणपत्र बिक्री गर्दछ ।

प्रतिक्रिया दिनुहोस