aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

माछापुच्छ्रे बैक र फोकसवान पेमेन्टबीच डिजिटल भुक्तानी सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ भदौ २०७९
माछापुच्छ्रे बैक र फोकसवान पेमेन्टबीच डिजिटल भुक्तानी सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक र फोकसवान पेमेन्ट सोलुसन्स् प्रालि द्धारा संचालित मोको डिजिटल वालेट बीच कार्ड मार्फत हुने डिजिटल भुक्तानी सम्बन्धी सम्झौता भएको छ  । 

माछापुच्छ्रे बैंकका भिसा डेबिट र क्रेडिट कार्ड होल्डरहरुले मोको डिजिटल वालेटमा बैंकका कार्डहरु लिङ्क गरी विभिन्न सेवाहरु उपभोग गर्न सक्नेछन् । 

ग्राहकले उक्त बालेट मार्फत भिसा डेबिट र क्रेडिट कार्ड लिङ्क गरी मोबाईल टपअप, इन्टरनेटको, बिजुली ,खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट खरिद रकम भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन् । 

यसै गरी बैंकका ग्राहकहरुले मोको मार्फत स्क्यान टू पे को माध्यमबाट १,५०० भन्दा बढि विभिन्न मर्चेन्टहरु मार्फत कारोबार गरि रकम भुक्तानी समेत गर्न सक्नेछन् । त्यस्तै गरि माछापुच्छ्रे बैंकका मर्चेन्टहरुले एम भिसा, अलि पे र युनियन पे संग सम्बद्ध अन्तराष्ट्रिय कारोबारको क्युआर बाटै भुक्तानी लिन सक्नेछन् । 


 

प्रतिक्रिया दिनुहोस