aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

आईसीएफसी फाइनान्सको नाफा ७६ प्रतिशतले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३२ साउन २०७६
आईसीएफसी फाइनान्सको नाफा ७६ प्रतिशतले वृद्धि

 काठमाडौं । गत आर्थिक वर्ष २०७५/७६ मा आईसीएफसी फाइनान्सले १४ करोड २ लाख ३३ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा ७ करोड ९५ लाख ६० हजार रुपैया थियो । अघिल्लो आर्थिक वर्षभन्दा खुद नाफा गत वर्ष ७६ प्रतिशत बढी भएको हो ।

गत वर्ष सञ्चालन नाफा करीब ६३ प्रतिशत बढी १९ करोड ८३ लाख ४४ हजार रुपैया भएको छ । चुक्तापूँजीमा भने कुनै परिवर्तन देखिएको छैन । ८८ करोड २१ लाख ७२ हजार रुपैया चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोष अघिल्लो वर्षभन्दा ३ प्रतिशत बढेर  ११ करोड ८७ लाख १८ हजार रुपैया कायम भएको छ । प्रतिशेयर आम्दानी रू. १५ दशमलव ९० रहेको छ । 

कम्पनीले अघिल्लो वर्षभन्दा गत वर्ष २३ प्रतिशत बढी  १० अर्ब ९२ करोड ६० लाख रुपैया निक्षेप संकलन गरेको छ भने २५ प्रतिशत बढी  ८ अर्ब १४ करोड ५० लाख रुपैया कर्जा प्रवाह गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस