aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आरएमडीसी लघुवित्तले कमायो २४ करोड ४४ लाख

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ बैशाख २०७६
आरएमडीसी लघुवित्तले कमायो २४ करोड ४४ लाख

आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RMDC Laghubitta Bittiya Sanstha Ltd.) ले तेस्रो त्रैमासमा खुद मुनाफा २४ करोड ४४ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ३५ दशमलव २९ प्रतिशतले वृद्धि गरेको हो । गत वर्षको सोहिअवधिमा नाफा १८ करोड ६ लाख रुपैयाँ कमाएको थियो ।

७९ करोड ९३ लाख रुपैयाँ चुक्ता पुँजी भएको आरएमडीसीले जगेडाकोषमा १ अर्ब ५२ करोड ८७ लाख रुपैयाँ छुटाएको छ । जसले कर्जामा ७ अर्ब ८१ करोड ४२ लाख रुपैयाँ लगानी गरेको  । कर्जामा गत वर्षको तुलनाभन्दा २१ द्यशमलव ९६ प्रतिशतले वृद्धि गरेको छ ।

आरएमडीसी लघुवित्तको खुद व्याज आम्दानी २० प्रतिशतले बढेर ३४ करोड ८९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २२ दशमलव २६ प्रतिशतले बढेर ३४ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।

आरएमडीसीको जोखिम युक्त सम्पत्ति २४ दशमलव ७१ प्रतिशत, निष्कृय कर्जा शुन्य, प्रतिशेयर आम्दानी वार्षिक ४० दशमलव ७७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १३ दशमलव ४२ गुणा, प्रतिशेयर नेटवर्थ २९१ दशमलव २३ रुपैयाँ र तरलता अनुपात ९ दशमलव ०७ प्रतिशत रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस