aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

एनएमबि बैंक र बीआइआइबीबीच सहकार्य, बीआइआइबाट कर्जा प्राप्त गर्ने एनएमबि पहिलो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ भदौ २०७९
एनएमबि बैंक र बीआइआइबीबीच सहकार्य, बीआइआइबाट कर्जा प्राप्त गर्ने एनएमबि पहिलो

काठमाडौँ । एनएमबि बैंक, दिगो र मूल्यमा न्यतामा आधारित बैंकिङ्गको अद्वितीय ब्रान्ड आइडेन्टिटी भएको नेपालको अग्रणी बैंकलेब्रिटिश अन्तर्राष्ट्रिय लगानी (बीआइआइ)बाट २ करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने सम्झौता गरेको छ । एनएमबि बैंक बीआइआइबाट दोश्रो आवधिक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ ।

आन्तरिक स्रोतले मात्रहाल बजारको मागलाई धान्न नसकिरहेको परिस्थितिमा उक्त कर्जाले जलस्रोत तथा नविकरणीय उर्जा क्षेत्रमा लगानी बढाउन मदत बैंकले बताएको छ । यसरी विस्तार गरिएको लगानीले जलश्रोत तथा नविकरणीय उर्जा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्दै समग्र अर्थतन्त्रको विकासमा समेत टेवा पुग्नेछ ।

एनएमबि बैंकद्वारा आयोजित सम्झौता हस्ताक्षर समारोहमा बोल्दै बैंकका कार्यकारी अधिकृत  सुनिल के.सीले उक्त कर्जा लगानीले उर्जा क्षेत्रमा कार्यरत परियोजनाहरु लाभान्वित हुनुको साथै बैंकले लिएको दिगो बैंकिङ्गको अवधारणालाई एक कदम अगाडी पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
 

प्रतिक्रिया दिनुहोस