aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

दुईसय बोरा भन्दाबढि मल लुकाएका सहकारीका सञ्चालक अरुण कुशवाहा पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ भदौ २०७९
दुईसय बोरा भन्दाबढि मल लुकाएका सहकारीका सञ्चालक अरुण कुशवाहा पक्राउ

बारा । कालोबजारी गर्नको लागि स्टोर गरी राखेको २ सय ९ बोरा मलखाद सहित कलैया उपमहानगरपालिका २३ कोइरीया टोल बस्ने सोही ठाउँस्थित कुश कृषि सहकारी संस्थाका सञ्चालक ३६ वर्षीय अरुण कुशवाहालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त सहकारी संस्थाले कृषकहरूलाई सहुलियत दरमा बिक्री गर्नको लागि नेपाल सरकारबाट अनुदानमा खरिद गरी ल्याएको मलखादहरू बढी मुनाफा लिई बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उक्त सहकारी संस्था तलासी गरेकाे थियाे ।

तलासी गर्दा डिएपी मल १ सय १८ बोरा र खुल्ला २७ किलोग्राम, युरीया मल २९ बोरा र खुल्ला ३८ किलोग्राम, पोटास मल ६१ बोरा र खुल्ला २७ किलोग्राम र खेती शक्ति मल लेखिएको फसफेट १ बोरा फेला पारी उनलाई पक्राउ गरेको हो । उनी उपर कालोबजारी मुद्दामा जिल्ला प्रशासन कार्यालय बाराबाट १० दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस