aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

लालीगुँरास सहकारीले रामकृष्ण ढकाललाई सडकमा पुर्यायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३२ साउन २०७६
लालीगुँरास सहकारीले रामकृष्ण ढकाललाई सडकमा पुर्यायो

काठमाडौं । चर्चित गायक रामकृष्ण ढकालले लालिगुराँस सहकारीसँग ऋण लिन पुग्नु नै जीवनको सबैभन्दा गलत निर्णय भएको बताएका छन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै गायक ढकालले सहकारीका प्रमुख सुरेन्द्र भण्डारीले सहकारीबाट लिएको ऋण तिर्नुको साटो राजनीतिक शक्तिको आडमा आफूलाई धम्क्याउने काम गरेको आरोप लगाएको थियो । उनले भने, ‘म बाहिर भएको बेलामा मेरो घरमा गएर बच्चा र श्रीमतिलाई टर्चड दिने काम समेत गरेका थिए मेरो घरमा कोहि आयो भने पनि लालिगुँरासका माच्छे हुन कि भनेर पर्दा खोलेर पहिला हेर्न बाध्य पारियो ।’

ढकाल दम्पत्तिले २०६६ सालमा भैसेपाटीमा घर किन्न उक्त सहकारीबाट एक करोड ८० लाख रुपैयाँ ऋण लिएको पत्रकार सम्मेलनमा बताए । उक्त ऋण पत्नी निलम शाहको नाममा लिईएको समेत उनले बताए ।

ढकालले घर किन्नलाई लिएको ऋण तिर्न नसकेपछि चार महिनाको लागि मात्रै भनेर लिईएको ऋण वर्षौसम्म नतिर्दा सहकारीले घर नै लिलामी गरेको थियो । उक्त घर समेत लालीगुँरासका सञ्चालक  भण्डारीले नै मिलाइदिएको ढकालले बताए । पछि सहकारीको ऋण तिर्न नसकेपछि २०७० सालमा १ करोड ५० लाखमा उक्त घर फेरि भण्डारीले नै खरिद समेत गरेको ढकाल बताउछन् । २०६६ सालमा किनेको घर जबरजस्जी कम मुल्यमा भण्डारीले नै सकारे ढकालले भने ।  तर, ऋणको सावा र ब्याज जोड्दा घर लिलाम गर्दापनि ऋण पूर्ण रुपमा चुक्ता नभएको सहकारीले दाबी गर्दै आएको थियो । जुन विषय अदालतमा समेत पुगेको थियो ।

२०७२ सालमा हिसाव मिलान गर्नका लागि अदालतले बोलाउँदा लालीगुँरास सहकारीको तर्फबाट कोहि पनि नगएका कारण ढकालको पक्षमा निर्णय भएको थियो । २०७० सालमा अदालतबाट ढकाल दम्पत्तिले अदालतबाट सफाइ पाएका थिए । अदालतले सफाइ दिइसकेको मुद्दामा सहकारीले एकाएक पत्रिमा सूचना निकालेर २ करोड ३० लाख ९७ हजार ७६१ रुपैयाँ तिर्न बाँकी रहेको जनाएको थियो ।

ढकालकी श्रीमती निलमले ९ वर्षअघि उक्त सहकारी संस्थाबाट एक करोड ८० लाख रुपैयाँ ऋण लिएकी थिइन् । उक्त ऋणको साँवा–ब्याज तिर्न नसकेपछि ०७० सालमा सहकारीले धितोमा राखिएको घर एक करोड ५० लाख मूल्यमा लिलाम गरेको थियो । जुन ऋणको १ करोड ८० लाख थियो र बाँकी रकम पुन भण्डारीले ढकाल दम्पत्तिसँग बार्जेनिङका लागि राखेको ढकाललको आरोप छ । 

भण्डारीले ढकालले केहि समय ऋणको ब्याज तिर्न नसक्दा पुग ५६ लाख रुपैयाँ ऋण ढकाललाई बोलाएर विना कुनै पनि धितो दिएको ढकालले बताए । उक्त विना धितो ५६ लाख रुपैयाँ ऋण पुन महगो व्याजमा दिनु नै सहकारीले मलाई ब्ल्यमेलिङ गर्ने बाटो बनाएको रहेछ ढकालले पत्रकार सम्मेलनमा भने । 
 

प्रतिक्रिया दिनुहोस