aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सिटिजन्स बैंकका ग्राहकले होटल जंगल क्राउनमा १० प्रतिशत छुट पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ भदौ २०७९
सिटिजन्स बैंकका ग्राहकले होटल जंगल क्राउनमा १० प्रतिशत छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र चितवनस्थित होटल जंगल क्राउन प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले होटल जंगल क्राउनले प्रदान गर्ने सेवाहरुमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । 

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस