aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

बैंक अफ काठमाण्डूको ऋणपत्र बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ भदौ २०७९
बैंक अफ काठमाण्डूको ऋणपत्र बाँडफाँट

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्र बाँडफाँट सम्पन्न भएको छ । ७ वर्ष अवधि तथा वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदर भएको ‘बिओके डिबेञ्चर २०८६ (क)’ नामक ऋणपत्र बाँडफाँट  गरेको हो । 

बैंकले भदौ २ गतेदेखि भदौ ७ गतेसम्म रू. १००० अंकितका ११ लाख कित्ताले हुन आउने रू. १ अर्ब १० करोड बराबरको ऋणपत्र निष्काशन गरेकोमा सो अवधिसम्म रितपूवर्क आवेदन दिनेहरुलाई साउन १४ गते बाँडफाँट गरेको बैंकले जानकारी दिएको छ ।

बैंकले कुल कित्ता मध्ये ६ लाख ६० हजार कित्ता ब्याक्तिगत तबरबाट विक्री गरेको ४ लाख ४० हजार कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गरेको थियो । ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस