aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

बैंक अफ काठमाण्डूका ग्राहकलाई मेरो स्टोरमा विषेश छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ भदौ २०७९
बैंक अफ काठमाण्डूका ग्राहकलाई मेरो स्टोरमा विषेश छुट

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र मेरो स्टोर बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा विषेश छुटको व्यवस्था गरेको छ । बैंकको ग्राहकहरुलाई १० % छुट उपलब्ध गराउने सम्झौता गरेको छ  । यस सम्झौता पश्चात् ग्राहक महानुभावहरुले मेरो स्टोर, बुटवल, रुपन्देहीमा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ १०% छुट पाउनुहुनेछ ।

 उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । मेरो स्टोर, बुटवल, रुपन्देहीबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस