aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड –२ को इकाई बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ भदौ २०७९
एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड –२ को इकाई बाँडफाँट

काठमाडौं । एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को इकाई बाँडफाँट भएको छ । एनएमबि क्यापिटल लिमिटेडले साउन २६ गते देखि भदौ ९ गतेसम्म उक्त योजनाको इकाई विक्री खुला गरी भदौ १५ गते बाँडफाँट गरेको हो ।

तोकिएको अवधिभित्र निष्कासन गरिएको भन्दा बढी संख्यामा इकाई खरीको आवेदन परेकाले योजनाको आकार बृद्धि गरी १२ करोड २१ लाख कायम गरिएको क्यापिटलले जानकारी दिएको छ । क्यापिटलले प्रति इकाई रू. १० अंकित मूल्यको १२ हजार इकाई विक्री खुला गरेको थियो ।रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरूलाई १० करोड ३७ लाख ८१ हजार २० कित्ता इकाई बाँडफाँट गरिएको हो ।

यी वाहेक बीज पूँजी वापत कोष प्रबद्र्धक एनएमबि बैंकलाई १ करोड ७० लाख ९४ हजार इकाई र योजना व्यवस्थापक एनएमबि क्यापिटललाई १२ लाख २४ हजार ९८० इकाई गरी कुल १२ करोड २१ लाख इकाई बाँडफाँट गरिएको हो । यो योजना दश वर्षे अवधिको बन्दमुखि प्रकृतिको योजना रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस