aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

बैंक अफ काठमाण्डूका ग्राहकले मेरो स्टोरमा १० प्रतिशत छुट पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ भदौ २०७९
बैंक अफ काठमाण्डूका ग्राहकले मेरो स्टोरमा १० प्रतिशत छुट पाउने

काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले मेरो स्टोरमा १० प्रतिशत छुट पाउने भएका छन् । बुधबार बैंक र मेरो स्टोर बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो । 

यस सम्झौता पश्चात् ग्राहकहरुले मेरो स्टोर, बुटवल, रुपन्देहीमा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ १० प्रतिशत छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । मेरो स्टोर, बुटवल, रुपन्देहीबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।      
 

प्रतिक्रिया दिनुहोस