aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

बीओकेको एटिएम तथा पीओएसमा मास्टरकार्डबाट कारोबार गर्न सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ भदौ २०७९
बीओकेको एटिएम तथा पीओएसमा मास्टरकार्डबाट कारोबार गर्न सकिने

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको एटिएम तथा पीओएसहरुमा मास्टरकार्डबाट कारोबार गर्न सकिने भएको छ । बैंकको सबै एटिएमबाट मास्टरकार्ड प्रयोग गरी नगद निकाल्न तथा बैंकको पीओएसमा मास्टरकार्ड प्रयोग गरी भुक्तानीहरु गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मास्टरकार्ड प्रयोगकर्ताहरुले अब उपरान्त बैंकको जुनसुकै एटिएम तथा बैंकका पीओएस मर्चेन्टहरु मार्फत कारोबार गर्न सक्नेछन्। 

यसअघि बंैकको एटिएम तथा पीओएसमा भिसा र युनियन पे को नेटवर्कबाट जारी भएको कार्डहरु मात्र कारोबार गर्न मिल्ने थियो । यस सम्झौतासँगै हाल प्रयोगमा भएका भिसा र युनियन पे सहित मास्टरकार्डको नेटवर्कबाट जारी भएका सम्पूर्ण कार्डहरुको भुक्तानी बैंकको सबै एटिएम तथा पीओएसको माध्यमबाट गर्न सकिने भएको हो । 

साथै, उक्त सम्झौैता अनुसार बैंकले मास्टरकार्डसंग सहकार्य गरी निकट भविष्यमा नै मास्टरकार्ड जारी गरी आफ्नो ग्राहकहरुलाई मास्टरकार्ड उपलब्ध गराउने जनाएको छ । 

मास्टरकार्ड प्रयोगकर्ताहरुले बैंकको विभिन्न स्थानमा राखेको एटिएम तथा विभिन्न होटलहरु, रेस्टुरेन्टहरु, फिटनेस सेन्टरहरु, स्टोरहरु, अस्पतालहरु, स्वास्थ्य क्लिनिकहरु, ईन्स्टिच्युटहरु लगायत अन्य धेरै स्थानहरुमा सेवा तथा सुबिधा पश्चात् आफुसंग भएको मास्टरकार्ड प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस