aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कुमारी बैंकको ऋणपत्र आजदेखि बिक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ भदौ २०७९
कुमारी बैंकको ऋणपत्र आजदेखि बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले आजदेखि वार्षिक ११ प्रतिशत ब्याजदरको ऋणपत्र विक्री खुला गरेको छ । बैंकले १० वर्षे अवधिको ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ नामको ऋणपत्र निष्काशन गरेको हो । 

बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । कुल कित्ता ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्ने जनाएको छ । भने बाँकी ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ। सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।

यो ऋणपत्र छिटोमा भदौ २१ गतेसम्ममा विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलोमा भदौ ३१ गतेसम्म विक्री अवधि लम्बिनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका सम्पुर्ण शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सकिनेछ । 

प्रतिक्रिया दिनुहोस