
अहिले नेपालमा ६६ वटा माइक्रोफाइनान्स सञ्चालनमा रहेका छन् । यससंगै जोडिएका २५ हजार जना कर्मचारी रहेका छन् । यी लघुवित्तका चार हजार नौं सय शाखा रहेका छन् । यसको सेवा ५६ हजार संख्यामा महिलाहरुले सेवा लिएका छन् । ग्रामिण बस्ती जहाँ बैंक तथा वित्तीय संस्था नपुगेको ठाउँमा माइक्रोफाइनान्स पुगेर सेवा दिइरहेको छ ।
अहिले सबैक्षेत्रमा तरलता अभाव देखिएको छ । तरलताको अभाव लघुवित्त क्षेत्रमा नपर्ने कुरै भएन । विगत १ बर्षदेखि वित्तीय क्षेत्रमा देखिएको तरलता अभावको असर लघुवित्त क्षेत्रमा समेत परेको छ । तरलताको अभावका कारण हामीसंगै सेवाग्राही पनि समस्यामा परेका छन् । अहिले बैंक तथा वित्तीय संस्थाहरुले तरलताको अभावका कारण कर्जा लगानी गर्न पाइरहेका छैनन् ।
लघुवित्त क्षेत्रमा तरलता अभावभन्दा पनि अनुशासन हिनता मौलाएको कारण बढी समस्या देखिएको भन्ने आरोप छ । यसका लागि हामीले लघुवित्तलाई अनुशानसनमा राख्नका लागि पहल गरिरहेका छौं ।
आर्थिक क्षेत्र अनुशासनमा वस्नु पर्छ । जतिधेरै वित्तिय क्षेत्र अनुशासनमा बसेका हुन्छन् त्यति नै धेरै मुलुकलाई फाइदा हुन्छ । केही महिनादेखि संगठित रुपमै माइक्रोफाइनान्सको हितको लागि भन्दै आन्दोलन चलिरहेको छ । यस्तो आन्दोलन केहि महिनाअघिदेखि गुल्मीबाट शुरु भएको हो । लघुवित्तबाट राम्रो कामका लागि पैसा लिनेर अनि पछि पैसा नतिर्ने भन्ने समूहले आन्दोलन गरिरहेका छन् । आन्दोलनका नामबाट नचाइने कामहरु पनि भइरहेको छ । यसो गर्न हुँदैन ।
यसको मतलब आन्दोलन गर्नु नै गलत हो भन्ने खोजिएको होइन । आन्दोलनमा उठाइएका कतिपय कुराहरु सम्बोधन गर्न मिल्ने छ भने सम्बोधन गर्नु पर्छ । र, नमिल्ने कुराहरुमा आन्दोलन गर्नुको औचित्य छैन । कतिपय कुराहरु बसेर छलफल गर्न सकिने रहेका छन् । छलफलबाटै टुंगिने कुराहरुलाई आन्दोलन गर्न हुँदैन भन्ने हाम्रो भनाई रहेको छ ।
ऋणको ब्याज धेरै लिए । ऋण असुली गर्न अनावश्यक दबाव दिए । समाजमा झन् द्धन्द्ध बढाउने काम गर्यो भन्ने लगायतका आरोप लगाएर आन्दोलन गरिरहेका छन् । बचतकर्ताहरुले समय अनुसार र नियम अनुसार ब्याज पाउनु पर्छ । ऋण असुलीका कुरा गर्ने हो भने तोकिएको समयमा ऋणीले ऋण तिर्नु पर्छ । लघुवित्त क्षेत्रले अराजक गतिविधि गर्न हुँदैन । नियममा रहेर काम गर्नु पर्ने हुन्छ ।
गलत गर्न खोज्ने लघुवित्त संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले डण्डा चलाइरहेका छन् । त्यसका लागि गलत गर्ने संस्थालाई सुधार्नका लागि हामी संघले पनि गरिरहेका छन् । एउटै व्यक्तिले धेरै ठाउँबाट ऋण लिइरहेको अवस्था छ । यो गलत हो । कुनै एक व्यक्तिले एक वा बढीमा दुई वटा संस्थाबाट मात्रै ऋण लिन पाउने व्यवस्था रहेको छ ।
माइक्रोफाइनान्स संस्थाहरु तोकिएको नियमभित्र रहेर काम गर्नु पर्ने हुन्छ । नियमभन्दा बाहिर जाने खोजे भने त्यसको नियमन तथा कारबाही गर्नु पर्ने हुन्छ । हामीले लघुवित्त क्षेत्रमा देखिएका विकृति विसंगतिलाई हटाउनका लागि सञ्चालकहरुलाई जागरुक गर्नेदेखि सुधारका लागि सल्लाह सुझाव दिने काम गरिरहेका छौं ।
लघुवित्त संस्थामा जान्ने बुझ्ने भनिएका महिलाहरुले अन्य महिलाहरुको नाममा ऋण चलाइरहेको भन्ने पनि हामी कहाँ आएको छ । यो गर्नु भनेको गलत हो । यसका लागि हामीले कारबाही गर्न तयार छौं । यसै विषयमा रहेर हामीले अहिले काम गरिरहेका छौं । कतिपय लघुवित्त कर्मीहरुले राम्रो काम पनि गरिरहेका छन् । नराम्रो काम गर्नेहरुका कारण राम्रो काम गर्नेहरु ओझेलमा परेको देखिन्छ ।
उता, सरकारले बजेट भाषण मार्फत नै लघुवित्त कोष बनाउने भनेर सम्बोधन गरेको छ । यो कोष बनाउने कुरा एकदमै राम्रो रहेको छ । यसलाई हामीले सकारात्मक रुपमा हेरेका छौं । यो कोषका लागि हामीले पनि चासो लिएर अगाडी बढेका छौं । सरकारले ल्याएको यो कोष चाडै नै खडा हुन्छ भन्ने हामी विश्वस्त रहेका छौं ।
चार खर्ब रुपैयाँ लघुवित्त क्षेत्रबाट लगानी भएको छ । लघुवित्त भनेको सरकारको सहयोगी पात्र हो । लघुवित्तको माध्यमबाट गरिबि न्युनीकरण गर्न सकिन्छ । चालू आर्थिक वर्षको बजेट उत्पादनमुखी आएको छ । उत्पादनमुखी बजेटलाई टेवा दिनका लागि लघुवित्त क्षेत्रले पनि जोड दिनु पर्छ । लघुवित्त क्षेत्रले उत्पादन गरेको कुरालाई बजारीकरणको ग्यारेन्टी सरकारले गर्नु पर्छ । यसो गर्न सकेमा उत्पादनमा बृद्धि गर्न सकिन्छ । (लघुवित्त संघ नेपालका अध्यक्ष पोखरेलसँग आर्थिक न्युज डटकमले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया दिनुहोस