aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

प्रतिनिधिसभाको चुनाव लड्दै पूर्व गभर्नर डा. चिरञ्जिवी नेपाल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ भदौ २०७९
प्रतिनिधिसभाको चुनाव लड्दै पूर्व गभर्नर डा. चिरञ्जिवी नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जिवी नेपाल प्रतिनिधि सभाको चुनाव लड्ने भएका छन् । पूर्व गर्भनर डा. नेपालले पाल्पा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिने भएका हुन् । 

चुनावको तयारी थालेका नेपालले राजनितिबाट समाजसेवा गर्न रुची भएकाले प्रतिनिधिसभामा उम्मेदवारी दिन लागेको बताए । उनले आर्थिक न्युजसँग भने, ‘मैले गर्भनरको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरे । अब मलाई देश विकासमा लाग्नका निम्ति राजनिति भन्दा अर्को क्षेत्र देखिन । जसले गर्दा पाल्पाबाट प्रतिनिधिसभाको सदस्यमा प्रत्यक्ष उम्मेदवारी दिने तयारी थालेको छु ।’

डा. नेपाल महाप्रसाद अधिकारी भन्दा अघि गर्भनर थिए भने । उनी नेपाल धितोपत्र बोर्डको अध्यक्ष समेत भइसकेका व्यक्ति हुन् । 


 

प्रतिक्रिया दिनुहोस