aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

मञ्जुश्री फाइनान्सको नाफा २६ प्रतिशतले घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ बैशाख २०७६
मञ्जुश्री फाइनान्सको  नाफा २६ प्रतिशतले घट्यो

मञ्जुश्री  फाइनान्स लिमिटेड (Manjushree Finance Ltd.) ले तेस्रो त्रैमासमा खुद मुनाफा ४ करोड ३ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा २६ दशमलव २० प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ५ करोड ४६ लाख रुपैयाँ कमाएको थियो ।

८० करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सले जगेडाकोषमा १४ करोड ६४ लाख रुपैयाँ छुटाएको छ ।

फाइनान्सले निक्षेपमा ६ अर्ब ५४ करोड ७६ लाख रुपैयाँ संकलन गरी कर्जामा ५ अर्ब ८४ करोड ५५ लाख रुपैयाँ लगानी गरेको छ । कर्जामा १७ दशमलव ४४ प्रतिशतले वृद्धि गरेको हो ।

फाइनान्सको खुद ब्याज आम्दानी ६२ दशमलव ९३ प्रतिशतले बढेर १८ करोड ९४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ६ दशमलव ७७ प्रतिशतले बढेर ६ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।

खुद ब्याज आम्दानी तथा संचालन मुनाफा बढाए पनि खराब कर्जा उठाएकोले पनि नाफा घटाएको हो । जसले प्रोभिजनमा ६ करोड ४६ लाख रुपैयाँ छुटाएको छ ।

फाइनान्सको निष्कृय कर्जा २ दशमलव ९६ प्रतिशत, जोखिम युक्त सम्पत्ति १४ दशमलव ५६ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक ६ दशमलव ६९ रुपैयाँ, प्रतिशेयर नेटवर्थ ११८ दशमलव २२ रुपैयाँ, मूल्य आम्दानी अनुपात १६ दशमलव ५९ गुणा र तरलता अनुपात २५ दशमलव ३५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस