aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

ऋणीको जग्गा रोक्का तथा फुकुवा सम्बन्धी सहकारीलाई नयाँ नियम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ भदौ २०७९
ऋणीको जग्गा रोक्का तथा फुकुवा सम्बन्धी सहकारीलाई नयाँ नियम

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी संस्थाहरुका लागि नयाँ नियम लगाएको छ । मन्त्रालयले ऋणीको जग्गा रोक्का तथा फुकुवा सम्बन्धी विषयमा सहकारी संस्थालाई नयाँ निर्देशन दिएको हो । 

मन्त्रालयका अनुसार एकीकृत व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) मा विवरण नभरेका सहकारी संस्थाहरुले अब जग्गा रोक्का तथा फुकुवा गर्न नपाउने भएका छन् ।  जसको लागि मन्त्रालयले सहकारी विभाग मार्फत भूमि सुधार तथा मालपोत कार्यालयलाई परिपत्र समेत जारी गरिसकेको छ । 

सहकारी संस्थाका सदस्यहरुले धितोबन्धक राखी लिएको ऋण असुल तथा धितोबन्त्रक रोक्का तथा फुकुवा गर्दा संस्थाले सहकारीबाट सञ्चालित कोपोमिसमा विवरण प्रविष्ट गरेको प्रमाण समेत पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । 

‘सहकारी ऐन २०७४ को दफा ७९, ८३ र ८४ बमोजिम सहकारी संस्थाले सदस्यको धितो बन्धक राख्ने वा त्यस्तो धितोबन्धक रोक्का तथा फुकुवा गर्ने प्रयोजनका लागि भूमि सुधार तथा मालपोत कार्यालयमा अन्य कागजात तथा प्रमाणका अतिरिक्त कोपोमिस प्रणालीमा संस्थाको विवरण प्रविष्ट गरेको प्रमाणसमेत पेश गरेपछि मात्र धितोबन्धक रोक्का तथा फुकुवा सम्बन्धी काम कारवाही अघि बढाउने व्यवस्थाका लागि विभाग मार्फत सबै भूमि सुधार तथा मालपोत कार्यालयहरुमा परिपत्र गर्ने गरी यस मन्त्रालयबाट निर्णय भएको छ’, परिपत्रमा उल्लेख छ । 

    
 

प्रतिक्रिया दिनुहोस