काठमाडौं । शुक्रबार नेप्सेमा नेपाल एसबीआई बैंकको ऋणपत्र सूचीकृत भएको छ । कम्पनीको २४ लाख १ हजार ४८२ कित्ता ऋणपत्र सूचीकृत भएको हो ।
बैंकले ५ वर्ष अवधिको वार्षिक १०.२५ प्रतिशत ब्याजदर भएको नेपाल एसबीआई बैंक ऋणपत्र २०८३ नामक ऋणपत्र सूचीकृत गराएको हो । अव यो ऋणपत्र हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीद विक्री गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस