aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

हिमालयन बैंक ‘एक्सिलेन्स इन पीओएस एक्वायरिङ विजनेश २०२२’ अवार्डबाट सम्मानित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ भदौ २०७९
हिमालयन बैंक ‘एक्सिलेन्स इन पीओएस एक्वायरिङ विजनेश २०२२’ अवार्डबाट सम्मानित

काठमाडौं । विश्व प्रख्यात ब्राण्ड अमेरिकन एक्सप्रेस, जेसीबी, मास्टरकार्ड, युनियन पे एवं भिसा स्विकार गर्ने एकमात्र बैंक हिमालयन बैंकले एक्सिलेन्स इन पीओएस एक्वायरिङ विजनेश २०२२ अवार्ड प्राप्त गरेको छ । 

भिसाद्वारा आयोजित एक समारोहका विच प्रमुख अतिथि डिपुटी गर्भनर डा. निलम ढुंगानाले बैंकलाई सो अवार्ड प्रदान गरेकी थिइन् । बैंकले विगतका वर्षहरु देखिनै यो विधामा उक्त अवार्ड प्राप्त गर्दै आइरहेको छ । 

हिमालयन बैंक नेपालको एक मात्र बैंक हो जसले विश्वका विभिन्न प्रसिद्ध कार्डहरु आफ्नो नेटवर्कमा स्विकार गर्ने गर्दछ । विश्वभर प्रचलनमा रहेको प्रसिद्ध कार्ड ब्राण्डहरु आफ्नो एटीएम, पीओएस, तथा इकमर्स गेटवे मार्फत स्विकार गर्ने भएकोले स्वदेशी तथा विदेशी ग्राहकहरुलाई आफ्नो कार्डबाट भुक्तानी गर्न सहज हुदै आइरहेको छ । 

बैंकले प्रदान गरेको विशिष्टिकृत सेवामा आवद्द भई कार्ड एक्वायरिङ विजनेश गरिरहेका मर्चेन्ट ग्राहकवर्गमा यो सम्मान समर्पित गर्दै यसै महिना भित्र डाइनर्स÷डिसकभर ब्राण्डको स्विकार्य थप गरिने व्यहोरा बैंकले जानकारी गराएको छ । 

प्रतिक्रिया दिनुहोस