aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सोमबार ६ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ भदौ २०७९
सोमबार ६ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार ६ अर्ब २६करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको ४ अर्ब २६ करोड रुपैयाँ र ३६४ दिन अवधिको २ अर्ब रुपैयाँ गरी कुल ६ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो । 

राष्ट्र बैंकका अनुसार ९१ दिने ट्रेजरी आगामी मंसिर २० गते परिपक्व हुनेछ । भने ३६४ दिन अवधिको ट्रेजरी २०८० भदौ १९ गते परिपक्व हुनेछ । यसअघि राष्ट्र बैंकले बैंकले ९१ दिन अवधिको ३ अर्ब १३ करोड रुपैयाँ ट्रेजरी ट्रेजरी बिलबिक्री गरेको थियो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत सोमबार दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ । राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत प्रत्येक हप्ता यस्ता ऋणपत्र बिक्री गर्दछ ।

प्रतिक्रिया दिनुहोस