aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कामना सेवा विकास बैंकका ग्राहकलाई हिमाल डेन्टलमा २० प्रतिशत छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ भदौ २०७९
कामना सेवा विकास बैंकका ग्राहकलाई हिमाल डेन्टलमा २० प्रतिशत छुट

काठमाडौं । कामना सेवा विकास बैंक र हिमाल डेन्टल अस्पतालबीच आईतबार मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । कामना सेवा विकास बैंकका चिफ बिजनेस अफिसर (डिपोजिट एण्ड ट्रान्जेक्सन बैंकिङ्ग) हरि प्रसाद लम्साल र हिमाल डेन्टल अस्पतालका अध्यक्ष राजेन्द्र प्रसाद भट्टले सम्झौतामा हस्ताक्षर गरेका थिए । 

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकका कर्मचारी तथा बैंकसँग आबद्ध सम्पूर्णहरुले हिमाल डेन्टल अस्पतालका सम्पूर्ण शाखाले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरुमा २० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।   

बैंकका कर्मचारी तथा बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । 
 

प्रतिक्रिया दिनुहोस