काठमाडौं । नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समूह गठनको निम्ति दरखास्त आह्वान गरिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै दुई जना व्यबस्थापन समिति सदस्यको दरखास्त माग गरेको हो । उक्त व्यवस्थापन समितिका लागि एक जना संयोजक र एक जना सदस्य पदका लागि दरखास्त आह्वान गरिएको छ ।
नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेड, पुतलीसडक, काठमाडाैंको मूल्याङ्कन लेखापरीक्षण प्रतिवेदन र सो प्रतिवेदन बमोजिम समायोजन सहित प्रस्तुत गरिएको २०६८ बैशाख महिनाको वित्तीय विवरणको आधारमा संस्थालाई संकटग्रस्त घोषणा गरिएको थियो ।
संस्थाको कुल संचित नोक्सानी रु.३,७०,५०,५३ हजार रहेको छ । संस्थाको नेटवर्थ रु. १.५९ अर्वले ऋणात्मक रहेको, खराब कर्जा ५६.९८ प्रतिशत रहेको छ । साथै, उक्त विवरणका आधारमा गणना गर्दा संस्थाको पुँजीकोष अनुपात ५९.१४ प्रतिशतले ऋणात्मक हुने रहेको छ । कुल निक्षेपमा रु.७८.०६ करोड लेखाङ्ककन नभएको निक्षेप छ ।
संस्थाको २०६८ कार्तिक मसान्तको अपरिष्कृत वित्तीय विवरणबाट पनि संस्थाको संचित नोक्सानी रु.२,२७,२१,४९ हजार रहेको र पुँजीकोष ५.७३ प्रतिशतले ऋणात्मक रहेको पाइनुको साथै संस्थाको वित्तीय अवस्था थप कमजोर भएको देखिएको छ ।
संस्थाको पुँजीकोष ऋणात्मक हुनुको साथै वित्तीय स्थिति थप कमजोर हुदै गएको र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६(ख).मा वाणिज्य बैंक वा वित्तीय संस्था समस्याग्रस्त घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस