aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

वाणिज्य बैंकको निक्षेपमा सुधार, एक सातामा ११ अर्ब थपियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० भदौ २०७९
वाणिज्य बैंकको निक्षेपमा सुधार, एक सातामा ११ अर्ब थपियो

काठमाडौं । भदौ महिनाको दोस्रो सातादेखि वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सामान्य सुधार देखिएको छ । एक सातामा वाणिज्य बैंकहरुले ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार भदौ १० गतेसम्म वाणिज्य बैंकहरुमा ४४ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप भदौ १७ गतेसम्म आइपुग्दा ११ अर्ब रुपैयाँले बढेर ४४ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ । 

त्यस्तै, यस अवधिमा वाणिज्य बैंकहरुले निक्षेप संकलनमा सुधार गरेसँगै कर्जा प्रवाह पनि बढाएका छन् ।  भदौ १० गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ८० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह एक अर्ब रुपैयाँले बढेर भदौ १७ गतेसम्म आइपुग्दा ४१ खर्ब ८१ अर्ब रुपैयाँमा सिमित बनेको संघको तथ्यांकमा उल्लेख छ ।    
 

प्रतिक्रिया दिनुहोस