
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले गत आवको नाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनीको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले १२ प्रतिशत शेयर लाभांश र कर प्रयोजनको लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश दिने निणर्य गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस