aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

दुई सहकारीका ऋणीलाई ३५ दिने अल्टिमेटम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ भदौ २०७९
दुई सहकारीका ऋणीलाई ३५ दिने अल्टिमेटम

काठमाडौं । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाले १३ जना ऋणीहरुलाई ३५ दिने अल्टिमेटम दिएको छ । संस्थाले सोमबार एक सुचना जारी गर्दै सहकारीबाट ऋण लिएका सदस्यहरुलाई ऋण चुक्ता गर्न ३५ दिने अल्टिमेटम दिएको हो । 

उक्त सूचना मा भनिएको छ – यस सहकारी संस्थाका तपशिल बमोजिमका ऋणी सदस्यहरुले संस्थासंग गरेको सम्झौता बमोजिम समय समयमा तिर्नुपर्ने सावाँ, ब्याज हर्जना लगायत अन्य दस्तुर आदि नतिरी संस्थासँग गरेको कर्जा सम्बन्धी शर्त बन्देज उल्लंघन गरेकोले संस्थाको सम्पूर्ण किस्ता लेना रकम चुक्तागर्न पटक पटक ताकेता गर्दा समेत कुनै चासो नदेखाएको हुँदा यो सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र यस संस्थामा उपस्थित भई आफूले उपभोग गर्नुभएको कर्जाको साँवा ब्याज हर्जना तथा अन्य दै दस्तुर समेत सम्पूर्ण रकम चुक्ता भुक्तानी गरी कर्जा फर फारक गर्नु गराउनु होला ।

तोकिएको समयमा पनि उल्लेखित अनुसार हुने रकम बुक्राउन नआएमा प्रचलित ऐन कानुन बमोजिम ऋणी सदस्य, सो सँग सम्बन्धित अन्य पक्ष र धनी संस्था बीच भएको शर्त सम्झौता बमोजिम लिलाम बिक्री गरी वा ऋणी सदस्य तथा कर्जाको साक्षी ताथ धनजमानी बस्ने व्यक्ति तथा सम्बन्धीत अन्य पक्षलाई प्रचलित अन्य कानुन बमोजिम आवश्यक थप कारवाही गरी संस्थाको आफ्नो लेना रकम असुल उपर गरिनेछ । 

त्यस्तै, दिव्य ज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडका चार जना ऋणीलाई ३५ दिने सूचना जारी गरिएको छ । संस्थाले निरु खड्का, रुकु खड्का, नारायण श्रेष्ठ र सावित्री श्रेष्ठलाई ऋण लिँदा धितोमा राखेको सम्पत्तिको लिलामी गर्न सूचना जारी गरिएको हो ।  

प्रतिक्रिया दिनुहोस