aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

सेञ्चुरी बैंकको नयाँ शाखा हरिवनको नयाँ रोडमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ भदौ २०७९
सेञ्चुरी बैंकको नयाँ शाखा हरिवनको नयाँ रोडमा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा मिति २०७९ भदौ २१ गतेदेखि सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नं. १० नयाँ रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

हरिवन नगरपालिकाको नगर प्रमुख रमेश बुढाथोकीले नयाँ रोड शाखाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका छन् । समुद्घाटन कार्यक्रममा बैंकका मधेश प्रदेश प्रमुख सुबास शर्मा, शाखा प्रमुख आशुतोष वैध लगायत बैंकका कर्मचारी तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

२०७९ असार मसान्त सम्ममा बैंकले रु. १ खर्ब १ अर्ब ४० करोड निक्षेप संकलन र रु. ९१ अर्ब ४६ करोड कर्जा प्रदान गरी १ अर्ब ३५ करोड ७२ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । 
 

प्रतिक्रिया दिनुहोस