aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

लुम्बिनी विकास बैंकको ९३ हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ भदौ २०७९
लुम्बिनी विकास बैंकको ९३ हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले ९३ हजार ४०७ कित्ता संस्थापक शेयर भदौ २२ गतेदेखि लिलामीमा ल्याएको छ । बैंकले चार सदस्यहरूको नाममा रहेको उल्लेखित कित्तँ शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न सक्ने गरी लिलामीमा ल्याएको हो । 

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय डिल्लीबजार, काठमाडौंमा लिखित जानकारी गराउने बैंकले भनेको छ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा उक्त शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस