
काठमाडौं । नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको छ । कम्पनीको २०७८ साल असोज मसान्तसम्मको वित्तीय विवरणको आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षण र त्यसपछि गरिएको विशेष निरिक्षणका आधारमा कम्पनीलाई समस्याग्रस्त घोषणा गरेको राष्ट्र बैंकले जानकारी दिएको हो ।
कम्पनीका सञ्चालक समितिको अध्यक्ष तथा सदस्यहरू प्रत्येक्ष सम्मिलित भई संस्थाको हितविपरीत व्यक्तिगत लाभकका लागि नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरेको राष्ट्र बैंकको भनाई छ । साथै प्राथमिक पूँजीकोष अनुपात १० दशमलव ३१ प्रतिशतले ऋणात्मक भएकाले पनि कम्पनीलाई समस्याग्रस्त घोषणा गरेको राष्ट्र बैंकले प्रष्ट पारेको छ ।
२०७८ साल चैत २ गते कम्पनीलाई समस्याग्रस्त घोषणा गर्नु नपर्ने कारण भए स्पष्टिकरण पेश गर्न समेत राष्ट्र बैंकले निर्देशन दिएको थियो । कम्पनीले सो सम्बन्धमा पेश गरेको स्पष्टिकरण सन्तोषजनक नदेखिएकाले कम्पनीलाई समस्याग्रस्त घोषणा गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस