aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सहकारीको पैसा सहकारी मै राख्ने अभियानलाई स्थापित गर्न महासंघको निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ भदौ २०७९
सहकारीको पैसा सहकारी मै राख्ने अभियानलाई स्थापित गर्न महासंघको निर्देशन

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले सहकारीको पैसा सहकारी मै राख्ने अभियानलाई स्थापित गर्न निर्देशन दिएको छ । बिहिबार महासंघले सहकारी अभियानको सुदृढीकरणका लागि एक अपिल जारी गर्दै यस्तो जनाएको हो ।

‘तरलता अभाव हुन नदिनका लागि सहकारीको पैसा सहकारीमै राख्ने अभियानलाई स्थापित गर्ने, व्यवस्थापन चुस्त दुरुस्त र क्षमतावान एवं व्यवसायिक र सुदृढ वनाउन संघ /बैंक/महासंघबाट संचालित शिक्षा तालिम र स्तरीकरण कार्यक्रममा नियमित सहभागी गर्ने गराउने’, महासंघले भनेको छ । 

त्यस्तै, महासंघले ऋण असुलीलाई प्राथमिकता दिई विशेष योजनाका साथ ऋणको व्याज तथा किस्ता असुलउपर गर्ने÷ गराउने तथा संघ÷संस्थालाई प्रतिस्पर्धि र सवल बनाउन एकीकरण अभियानलाई प्राथमिकता दिन पनि भनेको छ । यसका साथै, सहकारी ऐन नियमानुसार आश्विन मसान्तभित्र लेखा परिक्षण सम्पन्न गरी चाडो साधारण सभाको आयोजना गर्न महासंघले निर्देशन दिएको छ । 

त्यसैगरी, नगन्य सहकारी संस्थामा देखिएको समस्यालाई लिएर समग्र सहकारी अभियानप्रति नै अविश्वास सिर्जना हुने खालको क्रियाकलाप नगर्न महासंघको अपिल छ । बाहिर हल्ला भएजस्तो सहकारीमा गम्भीर समस्या नभएकोले महासंघको जिकिर छ । 
 

प्रतिक्रिया दिनुहोस