aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

एडिबीसँग सहुलियतपूर्ण ऋण उपलब्ध गराउन आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ भदौ २०७९
एडिबीसँग सहुलियतपूर्ण ऋण उपलब्ध गराउन आग्रह

काठमाडाैं। अर्थमन्त्री जनार्दन शर्माले एसियाली विकास बैंक(एडिबी)सँग सहुलियतपूर्ण ऋण उपलब्ध गराउन आग्रह गरेका छन् ।  नेपालको निजी क्षेत्रलाई प्रोत्साहित गर्न र सहुलियतपूर्ण ऋण उपलब्ध गराउन छलफल गरेका हुन।  एसियाली बिकास बैंकका उपाध्यक्ष अशोक लाभाषासंग कुराकानी गर्दै मन्त्री शर्माले प्रदेशगत सन्तुलन गरेर सहयोग बढाउदा नेपालको ग्रामीण अर्थतन्त्रको विकास हुने बताए।  उनले भने भयो, ‘निजी क्षेत्र नेपालको आर्थिक उन्नतिको इन्जिन भएकाले सरकारले उक्त क्षेत्रको बिकासलार्इ उच्च प्राथमिकतामा राखेको छ।’  

उनले नेपाल २०२६ सम्ममा अतिकम बिकसित देशबाट स्तरोन्नति हुदै गरेको हुनाले उक्त लक्ष हासिल गर्न निजि क्षेत्रको योगदान महत्वपूर्ण हुने पनि बताए।  उनले नेपालले जलवायु परिवर्तनमा कुनै योगदान नगरे पनि त्यसको मार भने खेपिरहेको बताउदै नेपालमा हरित अमोनिया, हाइड्रोजन जस्ता बैकल्पित उर्जा उद्योगमा सहयोग गर्न अनुरोध गरेका थिए।  

उनले नेपालको ग्रामिण अर्थतन्त्रलाई माथि उठाउन शिक्षा , स्वास्थ्य , खानेपानी पूर्वाधार क्षेत्र लगाएतमा लगानी आवश्यक भएकोले एसियाली विकास बैंकको सहयोग अझै वृद्धि गर्न पनि उनले अनुरोध गरेका थिए।  

कोभिडको महामारीको बेला एसियाली विकास बैंकले गरेको सहुलियतापूर्ण ऋण र अनुदान सहयोगहरुका लागि उनले धन्यबाद दिए। एसियाली बिकास बैकका उपध्यक्ष अशोक लाभाशाले एसियाली विकास बैंकले  नेपाल सरकार र नेपाली जनताको सहयोगका लागि सधै हातेमालो गर्ने बताए ।  

प्रतिक्रिया दिनुहोस