aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

प्रभु बैंकको १ लाख १२ हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलाम  बिक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ भदौ २०७९
प्रभु बैंकको १ लाख १२ हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलाम  बिक्रीमा

काठमाडौं । प्रभु बैंक लिमिटेडको १ लाख १२ हजार २२४ कित्ता संस्थापक शेयर लिलामीमा आएको छ । बैंकले दुई जना संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्ने गरी उक्त शेयर लिलामीमा ल्याएको हो । 

यो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १८० तोकिएको छ । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गरिने जानकारी बैंकले दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस