
काठमाडौँ । राष्ट्र बैङ्कले चालु आर्थिक वर्षदेखि कर्जा र निक्षेपको ब्याजदरअन्तर (स्प्रेडदर) गणना विधि परिवर्तन गरपछि पुनरावलोकन गर्न बैकर्सले लबिङ थालेका छन् ।
उनीहरूले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर अहिले तोकिएको स्प्रेडदर बैङ्कलाई काम गर्न अप्ठेरो पार्नेभन्दै पुनरावलोकनका लागि आग्रह गरेका हुन् । राष्ट्र बैङ्कले चालु आर्थिक वर्षदेखि कर्जाको भारित औसत ब्याजदर र निक्षेपको औसत भारित ब्याजदरखन्तर ४.४ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।
यस अघि बैङ्कले कर्जातर्फको औसत भरित ब्याजदर गणनामा सरकारी ऋणपत्रको ब्याजदरलाई समेत समावेश गरी कर्जा र लगानीको ब्याजअन्तरबाट निक्षेपको औसत ब्याजदर गणना गरेर स्प्रेड गणना गर्दै आएका थिए । ऋणको ब्याजदर उच्च हुने भए पनि सरकारी ऋणपत्रमा बैङ्कले गर्ने लगानीमा पाउने ब्याजदर कम हुने भएकाले औसत निकाल्दा ऋणको ब्याजदर कम देखाउन सहयोग पुग्थ्यो । यसले बैङ्कको नाफा पनि उल्लेखनीय बढेको थियो ।
यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस